थाहानगर/२७ साउन
मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबार ११७ जनाको पीसीआर गर्दा ४९ जनामा र २२ जनामा एन्टीजेन परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार पुष्टि हुनेहरुमा सबैभन्दा बढी ४५ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि थाहा नगरका ३ जना, बागमती, मनहरी र भीमफेदी गाउँपालिकाका २/२ जना रहेका छन् । यो संगै जिल्लामा हालसम्म १४ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा ७२ जनाले कोरोना जितेका छन् । यो संगै जिल्लामा हालसम्म १२ हजार ९ सय ७ जनाले कोरोना जितेका छन् ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा हेटौंडा-७ का ७० वर्षीय वृद्ध र भीमफेदी-१ का ६१ वर्षीय पुरुष रहेका छन् । उनीहरु दुबैजनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संखया १ सय ५२ पुगेको छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments