Byroad News

Loading...

शिक्षकको नयाँ तलब मासिक २२ हजारदेखि ५९ हजारसम्म 


शिक्षकको नयाँ तलब मासिक २२ हजारदेखि ५९ हजारसम्म 

काठमाडौं/२८ साउन
सरकारले नयाँ आर्थिक बर्ष अर्थात साउन १ गतेदेखि लागू हुने गरी विद्यालयका शिक्षकहरुको नयाँ तलवमान लागू गरेको छ । माध्यामिक तहका शिक्षकहरुलाई ३ तह छुट्याएर नयाँ तलब निर्धारण गरिएको छ ।

माध्यामिक शिक्षक प्रथम श्रेणीको शुरु तलब स्केल ४९ हजार ३ सय ८० रुपियाँ छ । छैटौँ ग्रेडको प्रतिग्रेड दर १६ सय ४६ रुपियाँ थप हुँदा ५९ हजार २ सय ५६ रुपियाँ मासिक तलब पुगेको छ ।

माध्यामिक शिक्षक द्वीतीय श्रेणीको शुरु तलब स्केल ४२ हजार ३ सय ८० कायम रहेकोमा प्रतिग्रेड संख्या १४ सय १३ रुपियाँले आठौं ग्रेडका शिक्षकको तलब ५३ हजार ६ सय ८४ रुपैयाँ पुगेको छ ।

माध्यामिक शिक्षक तेश्रो श्रेणीको ८ औं ग्रेड शिक्षकको प्रतिग्रेड १२ सय ६७ रुपियाँ थप भएर ४८ हजार १ सय २६ रुपियाँ पुगेको छ ।

यस्तै निम्न माध्यमिकतर्फ प्रथम श्रेणीका आठौं ग्रेडका शिक्षकको सुरुको तलबमान ३९ हजार ८ सय ८० रुपियाँ रहेको छ । प्रतिग्रेड १३ सय ३० रुपियाँ थपसहित प्रतिमहिना ५० हजार ५ सय २० रुपियाँ पुगेको छ ।

निमावि दोस्रो श्रेणीका ८ औं ग्रेड शिक्षकको सुरुको तलब ३७ हजार ९ सय ९० रुपियाँ रहेको छ । प्रतिग्रेड १२ सय ६७ रुपियाँ थप हुँदा मासिक तलब ४८ हजार १ सय २६ रुपियाँ पुगेको छ । यस्तै तृतीय श्रेणीको शिक्षकको सुरुको तलब ३० हजार २ सय रुपियाँ रहेकोमा प्रति ग्रेड १ हजार ७ रुपियाँ जोड्दा ३८ हजार २ सय ५६ रुपियाँ पुगेको छ ।

प्राथमिक तहका शिक्षकतर्फ एसएलसी उतीर्ण प्रथम श्रेणीका आठौं तहका शिक्षकको सुरुको तलबमान ३७ हजार ९ सय ९० रुपियाँ पुगेको छ भने प्रतिग्रेड १२ सय ६७ रुपियाँ थप गर्दा ४८ हजार १ सय २६ रुपियाँ पुगेको छ ।

एसएलसी उत्तीर्ण गरेका द्वितीय श्रेणीका प्रावि शिक्षकको सुरु तलब ३० हजार २ सय पुगेको छ भने प्रतिग्रेड १ हजार ७ रुपियाँ गरी कुल मासिक ३८ हजार २ सय ५६ रुपियाँ पुगेको छ ।

यस्तै एसएलसी उत्तीर्ण तृतीय श्रेणीको छैठौं तहका शिक्षकको सुरु तलब २८ हजार ६ सय १० मा प्रतिग्रेड ९५४ रुपियाँ थपिँदा मासिक तलब ३४ हजार ३ सय ३४ रुपियाँ पुगेको छ ।

यस्तै दुई विषयसम्म एसएलसी अनुत्तीर्ण छैठौं तहका शिक्षकको सुरुको तलब २४ हजार १० रुपियाँमा प्रति ग्रेड ८ सय १ रुपियाँ थपिँदा २८ हजार ८ सय १६ रुपियाँ पुगेको छ ।

दुई विषयभन्दा बढी एसएलसी अनुत्तीर्ण छैठौं तहका शिक्षकको सुरुको तलबमान २२ हजार ६ सय ८० मा प्रतिग्रेड ७ सय ५६ थपिँदा २७ हजार २ सय १६ रुपियाँ पुगेको छ । यो तलब स्केललाई अर्थमन्त्रालयले स्वीकृति दिएसँगै साउन १ मा लागू हुने गरी कार्यान्वयनमा आएको रातोपाटीले समाचार लेखेको छ । 

Comments

KATHMANDU WEATHER