हेटौंडा/३० साउन
मकवानपुर जिल्लामा पछिल्लो २४ घण्टामा थप ३८ जनालाई कोरोना भाइरस संकमण भएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका ९४ जनामा गरिएको पीसीआर परिक्षणमा ३६ जनामा कोरोना संक्रमण देखिएको छ भने १९ जनामा गरिएको एन्टीजेन परिक्षणमा २ जनामा संक्रमण देखिएको हो । योसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ६९ जना रहेका छन् ।
त्यस्तै ३८ जनाले कोरोना जितेका छन् । जसमा होम होम आइसोलेसनमा २७ जना र संस्थागत आइसोलेस ११ गरि कुल ३८ जनाले कोरोना जितेका छन् । यो संगै जिल्लामा कोरोना जित्नेको संख्या १३ हजार ४ सय ८२ पुगेको छ ।
मकवानपुरमा कोरोनाबाट हालसम्म १ सय ५४ जनाको मृत्यु भइसकेको छ । मकवानपुरमा हालसम्म १ लाख ९ हजार ४ सय २४ जनाले कोभिड १९ को पहिलो मात्रा भ्याक्सिन लगाएका छन् भने ६६ हजार २ सय ४४ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments