Byroad News

Loading...

शेयर बजारमा नयाँ रेकर्ड कायम गर्दै कारोबार रकम २१ अर्ब नाघ्यो


शेयर बजारमा नयाँ रेकर्ड कायम गर्दै कारोबार रकम २१ अर्ब नाघ्यो

शेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम २१ अर्ब नाघ्यो
काठमाडौं/३१ साउन
शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । शेयर कारोबार रकम २१ अर्ब नाघेर ऐतिहासिक रेकर्ड कायम भएको हो । आइतबार एकैदिन १ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रुपियाँको शेयर कारोबार भएको छ ।

यस अघि अघि १९ अर्ब ५५ करोडमा रहेको थियो । चालु आर्थिक वर्षक लागि गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको थियो ।

मौद्रिंक नीतिले शेयर धितोमा जाने ऋणको सीमा अधिकतम १२ करोड तोकिदिएको छ भने शेयर मूल्यांकनको ७० प्रतिशतसम्म ऋण पाउन सकिने विद्यमान व्यवस्थालाई निरन्तरता दिएको छ । मौद्रिक नीति पछिको पहिलो कारोबार आइतबार नेप्से परिसूचक भने घटेको छ ।

कारोबार खुलेको केही मिनेटसम्म नेप्से परिसूचक बढेको थियो । पछि पुन: घट्न सुरु भएको नेप्से परिसूचक कारोबार बन्द हुँदा पनि घटेरै बन्द भएको छ ।

आइतबार माइक्रोफाइनान्स र उत्पादन मूलक कम्पनीहरु रहेको समूहगत सबइन्डेक्स बढेर हरियो देखिएको छ भने बाँकी सबै घटेका छन् । नेप्से परिसूच घटे पनि कारोबार रकममा भने उत्साह देखिएको छ ।

Comments

KATHMANDU WEATHER