Byroad News

Loading...

देशभर थप ३ हजार ४ सय ५१ जनामा कोरोना पुष्टि, ३५ सङ्क्रमितको मृत्यु


देशभर थप ३ हजार ४ सय ५१ जनामा कोरोना पुष्टि, ३५ सङ्क्रमितको मृत्यु

काठमाडौं/३२ साउन
देशभर आज (सोमबार) थप ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १० हजार ९३ पीसीआर परिक्षणका क्रममा २ हजार ५ सय ६६ र ५ हजार ५१८ एन्टीजेन परिक्षणका क्रममा ८८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप ३५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा १० हजार ३ सय २७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ३ हजार ४५१ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ८५ हजार १४० जना संक्रमित कोरोना मुक्त भएका छन् ।

यस्तै अहिलेसम्म ३७ लाख ६७ हजार ६६५ वटा पीसीआर परिक्षण तथा ४ लाख १ हजार ३७१ वटा एन्टीजेन परिक्षण गरिएको छ । हाल नेपालमा ३९ हजार ३७१ जना सक्रिय संक्रमित रहेका छन् ।

Comments

KATHMANDU WEATHER