Byroad News

Loading...

एकै दिन ३४०३ जना कोरोना संक्रमित थपिए, एकैदिन ४२ जनाको मृत्यु


एकै दिन ३४०३ जना कोरोना संक्रमित थपिए, एकैदिन ४२ जनाको मृत्यु

काठमाडौं/२ भदौ
पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १६ हजार ८ सय ३८ परीक्षण गर्दा ३ हजार ४०३ जना संक्रमित थपिएका हुन् ।

११ हजार ८ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा  २६१३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ भने ४ हजार ९ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा  ७९० जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ भने  २१ सय ४ जना निको भएर फर्किएका छन् ।  

Comments

KATHMANDU WEATHER