काठमाडौं/५ भदौ
पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ । थप २ हजार ७५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि हुँदा यही अवधिमा थप २ हजार ३८२ जना जना निको भएका हुन् ।
कूल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय संक्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ ।
थप २ हजार ३८२ जना निको हुँदा नेपालमा हालसम्म कूल संक्रमितमध्ये ६ लाख ९५ हजार ९२५ जना संक्रमण मुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ ।
यही अवधिमा थप ३० जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ४८५ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
पछिल्लो २४ घण्टामा ६३ हजार ९६३ जनाले खोप लगाएका छन् । हालसम्म ४९ लाख ३५ हजार ५६ जनाले एक डोज खोप लगाएका छन् भने ३८ लाख ३५ हजार ६०८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
यसैबीच, मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११७ जनामा पीसीआर र एन्टीजेन परीक्षण गर्दा थप २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार पुष्टि हुनेमा २० जना हेटौंडा उपमहानगरपालिका भित्र रहेका छन् भने थाहा नगरपालिका र बागमती गाउँपालिका भित्रका एकएक जना रहेका छन् ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments