थाहानगर/८ भदौ
मकवानपुर जिल्लामा पछिल्लो हप्तादेखि कोरोना संक्रमण दर घट्दो छ ।
मङ्गलबारसम्म मकवानपुरमा १२७ जना सक्रिय संक्रमित छन् तर थाहानगरमा मात्रै ७८ जना अर्थात ६१.४१ प्रतिशत छन् ।
थाहानगरमा पनि पछिल्लो समय संक्रमण दर भने घट्दै गएको छ । नगरमा संक्रमण भएको २१ दिन पछि मात्र पीसीआर परिक्षण गरिने भएको हुँदा यो डरलाग्दो तथ्यांक देखिएको स्वास्थ्य शाखाको भनाई छ ।
मङ्गलबार कुल १२ जनामा एन्टीजेन परिक्षण गरिएकोमा २ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो तथ्यांक अनुसार थाहा १ मा ५ जना, २ मा १२ जना, ३ मा २२ जना, ४ मा २२ जना, ५ मा ७ जना, ६ मा ६ जना, ७ मा ३ जना र १० मा १ जना सक्रिय संक्रमित छन् । अन्य सबै वडाहरुमा सक्रिय संक्रमित सून्य छ ।
यीमध्ये ७ जना बज्रबाराही आइसोलेसनमा छन् भने १ जना थाहानगर बाहिर अस्पतालमा उपचाररत छन् । अन्य ७० जना सबै होम आइसोलेसनमा छन् ।
यसैबीच, १२ हजार ६७४ जनाले खोप पाएका छन् ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments