Byroad News

Loading...

मकवानपुरमा आज ३५ जनामा कोरोना पुष्टि


मकवानपुरमा आज ३५ जनामा कोरोना पुष्टि

हेटौंडा/१० भदौ
मकवानपुरमा आज थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८२ जनामा पीसीआर परिक्षण गर्दा ३३ जना र ३४ जनामा एन्टीजेन परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा सबैभन्दा बढी ३१ जना हेटौंडा उपमहानपालिका भित्रका रहेका छन् । यसैगरि भीमफेदी गाउँपालिका भित्रका ३ जना र थाहा नगरपालिका भित्रका एक जना रहेका छन् ।

यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ८७ जना पुगेका छन् । जसमा १५७ जना आफ्नै घरमा र ३० जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा ८ जनाले कोरोना जितेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ५९ जनाको मृत्यु भएको छ ।

Comments

KATHMANDU WEATHER