Byroad News

Loading...

मकवानपुरमा आज ५५ जनामा कोरोना पुष्टि


मकवानपुरमा आज ५५ जनामा कोरोना पुष्टि

हेटौंडा/११ भदौ
मकवानपुरमा आज शुक्रबार थप ५५ जनामा कोरोना पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा १०९ जनामा पीसीआर गरेकोमा ५० जना र ३३ जनामा एन्टीजेन परीक्षण गरेकोमा ५ जनामा कोरोना पुष्टि भएको हो ।  

यसैगरि आज जिल्लामा थप १२ जनाले कोरोना जितेका छन् । यो संगै जिल्लामा हालसम्म कोरोना पुष्टि भएकाहरुमा ९७ प्रतिशत संक्रमितले कोरोना जितिसकेका छन् ।

जिल्लामा हाल २ सय ३६ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा २११ जना आफ्नै घरमा र २५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६० जनाको मृत्यु भएको छ ।

Comments

KATHMANDU WEATHER