Byroad News

Loading...

हिमालय प्राविमा सुरेश अध्यक्ष


हिमालय प्राविमा सुरेश अध्यक्ष

बज्रबाराही/१४ असोज
थाहा नगरपालिका वडा नं ६ मा रहेको हिमालय प्राथमिक बिधालय व्यवस्थापन समितिको अध्यक्षमा सुरेशकुमार स्याङ्तान चुनिनु भएको छ ।

आज बिहीबार भएको अभिभावक भेलाले स्याङ्तानलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

विगत ८ महिनादेखि  व्यवस्थापन समितिको अध्यक्ष रहनु भएको पोटे लामाले आफ्नो कार्यव्यस्तता देखाउँदै असोज ८ गते राजीनामा दिएपछि आज अभिभावक भेला गरिएको हो । 

बिद्यालय व्यवस्थापन समितिको जेष्ठ सदस्य शान्ती तामाङको सभापतित्वमा भएको सो कार्यक्रममा थाहा नगर शिक्षा समितिका संयोजक तथा थाहा नगर वडा नं ६ का अध्यक्ष शशीधर सुबेदीको प्रमुख आतिथ्यता रहेको थियो भने सोहि विद्यालयका भुतपुर्व विध्यार्थी, भुतपुर्व शिक्षक तथा हालका सुनौला माद्यामिक बिद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद लामिछाने विशेष अतिथि  हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रमुख अतिथि शशीधर सुबेदीले बिद्यालयलाई सुधार गर्दै अगाडि बढ्न पद ओगट्ने व्यक्तिहरु नबसी काम गर्ने व्यक्तिहरु रहनु पर्ने बिचार राख्नु भएको थियो ।

कार्यक्रमा बोल्नुहुँदै विशेष अतिथि कृष्ण प्रसाद लामिछानेले पनि बिद्यालयको व्यवस्थापनमा थप सुधार गर्न सहयोग गर्ने बताउनु भयो । 

भेलाले लाल प्रसाद सुबेदीको अध्यक्षतामा नौ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरेको छ । 

Comments

KATHMANDU WEATHER