Byroad News

Loading...

देशभर थप १,०९६ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्‍यु


देशभर थप १,०९६ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्‍यु

काठमाडौं/२ कात्तिक
पछिल्लो २४ घण्टामा देशभर १,०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ९ सय १६ पीसीआर परीक्षण गर्दा ९ सय ५७ जना र १ हजार १ हजार ७ सय ७६ जनाको एन्टीजेन परीक्षण गर्दा १३९ गरी १०९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १००४ जना निको भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६ हजार ५१७ पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ३०५ पुगेको छ भने ७ लाख ८३ हजार ३९७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८१५ जना रहेका छन् । जसमध्ये १० हजार ८६६ जना होम आइसोलेसनमा रहेका छन् भने ९४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २६७ जना आईसीयू र ८६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका २४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २४३, चितवनमा १५३, ललितपुरमा ८७, झापामा ७२, रुपन्देहीमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीमा ३६, नवलपरासी पश्‍चिममा ३३, मोरङमा २८, मकवानपुरमा २६, भक्तपुरमा २४, गोरखामा १९, सुनसरीमा १५, बागलुङमा १२ तथा काभ्रेपलाञ्चोक र कञ‍्चनपुरमा १०/१० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Comments

KATHMANDU WEATHER