काठमाडौं/५ कात्तिक
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म पुनर्निर्माण अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिएको छ ।
सो सम्मेलनमा विभिन्न देशबाट विपद्, प्रकोप तथा पुनर्निर्माण सँग सम्बन्धित विज्ञ प्रतिनिधिहरू सहभागी हुनेछन् । सम्मेलनको संयोजक रहेका प्राधिकरणका कार्यकारी समिति सदस्य चन्द्रबहादुर श्रेष्ठले पत्रकार सम्मेलनमा बोल्दै ठूला प्रकारका क्षतिको पुनर्निर्माण पनि सम्पन्न गर्न सफल भयौं भनेर अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिनका लागि पुनर्निर्माण अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी दिनुभयो ।
सम्मेलनमा विभिन्न प्रकारका प्राकृतिक प्रकोपबाट कसरी जोगिन सकिन्छ, कसरी पुनर्निर्माण गर्न सकिन्छ त्यसबारे छलफल हुने, अनुभव आदानप्रदान हुने उहाँको भनाई छ । काठमाडौंको होटल हायतमा हुने सो सम्मेलनको सुरूमा डिसेम्बर ७ तारिखमा विदेशी पाहुनालाई स्वागत गर्ने, स्वागत भोजनको व्यवस्था गर्ने, डिसेम्बर ८ मा सम्मेलनको उद्घाटन गर्ने, त्यसका लागि राष्ट्रपति वा प्रधानमन्त्रीलाई बोलाउने, पुनर्निर्माणका दातृ निकाय, विभिन्न क्षेत्रका व्यक्तिहरू, पुनर्निर्माण क्षेत्रका हस्तीहरू सम्मेलनमा सहभागी हुने श्रेष्ठले बताउनु भयो ।
सम्मेलनको चौथो दिन विदेशी पाहुनालाई स्थलगत अवलोकनको व्यवस्था समेत गरिएको छ । सम्मेलनमा थोरै ब्यक्ति प्रत्यक्ष रूपमा र धेरै व्यक्ति भर्चुअल रूपमा सहभागी हुने श्रेष्ठले बताउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण सम्बन्धि अन्तर्राष्ट्रिय समुदायलाई अनुभव बाँढ्नका लागि यो सम्मेलन गर्न लागेको जानकारी दिनुभयो । यसअघि पुनर्निर्माणका लागि दातासँग सहयोग माग्ने अवस्थामा रहेपनि अहिले अनुभव बाँढ्ने अवस्थामा पुगेको उहाँले बताउनु भयो ।
ज्ञवालीले भन्नुभयो, ‘हामीले पुनर्निर्माणका क्रममा हासिल गरेका अनुभव र सिकाइलाई अन्तर्राष्ट्रिय समुदायलाई बाँढ्न खोजेका छौं । अर्को कुरा हामीले भूकम्पपछिको पुनर्निर्माणमा गरेका कुराहरू भावी पुस्ताका लागि डकुमेन्टेसन गर्न लागेका छौं ।’
उहाँले प्राधिकरणको समयावधि सकिन लागेकोले बाँकी काम सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने, बाँकी काम विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेर जाने जानकारी गराउनु भयो । उहाँले पुस ९ गतेसम्म धरहराको सम्पूर्ण काम सम्पन्न गर्ने, प्राधिकरणको सम्पूर्ण अडिटिङको काम सम्पन्न गर्ने जानकारी दिनु भयो ।
साथै सो सम्मेलनको प्रचारका लागि बनाइएको भिडियो तथा वेवसाइट सार्वजनिक गरिएको छ । २०७२ साल पौष १० गते प्राधिकरणको गठन गर्दै भूकम्पले क्षति पुर्याएको भौतिक संरचनाको पुनर्निर्माण सम्पन्न गर्न ५ बर्षको समयावधि दिइएको थियो । थप १ वर्ष थप समय पाएको प्राधिकरणको समय अगामी पुस ९ गते सकिँदैछ ।
सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनर्स्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीहरू समेत गर्ने कार्यक्रम रहेको छ ।
प्राधिकरणका सहप्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्मेलन सचिवालयका सदस्य मनोहर घिमिरेले नयाँ वेबसाइटमा सम्मेलनसम्बन्धी भएका महत्वपूर्ण गतिविधि र जानकारीहरु समावेश गरिएको बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्मेलनमा सहभागी हुन इच्छुक महानुभावहरूलाई अनलाइनमार्फत् रजिष्ट्रेसन गर्न अनुरोध गरेको छ ।
२०७२ साल पुस १० गते स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाका महत्वपूर्ण कामहरु सम्पन्न गरी वर्तमान सरकारको निर्णयअनुसार बाँकी रहेका कार्यहरु सम्बन्धित निकायहरूलाई हस्तान्तरण जनाएको छ । विनाशकारी भूकम्प गएको दुई महिनापछि २०७२ साल असार १० गते काठमाडौंमा नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो ।
सम्मेलनमा ४ खर्ब १० अर्ब रुरुपियाँको वैदेशिक सहयोगको प्रतिबद्धता प्राप्त भएको थियो । राहत तथा उद्धारमा खर्च भएको र अन्य पूर्वाधारमा गरिएको लगानी घटाउँदा पुनर्निर्माणका लागि वास्तविक प्रतिबद्धता रकम ३ खर्ब २ अर्ब रपियाँ थियो । त्यसमध्ये ३ खर्ब १३ अर्ब रुपियाँ बराबरको सम्झौता भएको छ, जुन कुल वास्तविक प्रतिबद्धता रकमको ९७५ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments