हेटौंडा/७ कात्तिक
मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा आज आइतबारबाट सुरु हुँदैछ ।
कात्तिक ७, ८ र ९ गतेका लागि तोकिएको ५४ र ५५ औं साधारणसभा तथा निर्वाचन आजबाट सुरु गरिएको हो । गतवर्ष पुस मसान्तमै ५४ औं साधारणसभा सम्पन्न गर्नुपर्ने भएपनि कोरोना महामारीको दोस्रो लहरका कारण चैतपछि बैशाखमा तोकिँदा पनि निर्वाचन गर्न नसकिने भएपछि संघको वर्तमान कार्यसमितिले कात्तिकका लागि तयारी अघि बढाएको थियो ।
आज भर्चुअलमाध्यमबाट संघको साधारणसभा हुने र महासचिव, कोषाध्यक्षको प्रतिवेदन पेश गरिने संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभयो ।
अध्यक्ष कटुवालले ७ गते साधारणसभा, ८ गते उम्मेदवारी दर्ता, दाबीविरोध र फिर्ता र ९ गते मतदान प्रक्रिया हुने जानकारी दिनुभयो ।
संघको नेतृत्वका लागि हालसम्म संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य राजकुमार न्यौपाने, संघका वर्तमान उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल र संघका निवर्तमान महासचिव महेन्द्र राउत मैदानमा हुनुहुन्छ । न्यौपाने र अग्रवाल प्यानलसहित आफ्नो टिम लिएर चुवानी मैदानमा देखिनु भएको छभने, राउत एक्लै अध्यक्षका रुपमा अघि बढ्नु भएको छ । अग्रवाललले चुनावको मिति घोषणापछि दशैंअघि नै औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।
अग्रवालको टिममा बाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल, उद्योग उपाध्यक्षमा प्रमोदसिंह रानाभाट, बस्तुगत उपाध्यक्षमा काब्यमणि अधिकारी र एशोसिएसट उपाध्यक्षमा बिष्णु खनाल हुनुहुन्छ । प्रत्येक क्षेत्रगत सदस्यहरुको नामसमेत अग्रवाल टिमले दशैंअघि नै घोषणा गरेको हो । व्यवसायीको पक्षमा निरन्तर उभिएको आफु नेतृत्वको टिम नै विजयी हुने अग्रवालको दाबी छ । सर्वपक्षीयलाई समेटेको आफ्नो टिम नै संघको नेतृत्वका लागि निरन्तर लागि परिरहेको उहाँले बताउनु भयो ।
साधारणसभा हुनुअघि शनिबार न्यौपाने टिमले पनि प्यानल घोषणा गरेको छ । न्यौपाने टिमले क्षेत्रगत नामावली घोषणा गरेको हो । न्यौपानेको टिममा वाणिज्य तर्फको उपाध्यक्षमा रामप्रसाद न्यौपाने, उद्योग उपाध्यक्षमा प्रतिमाश्रेष्ठ, बस्तुगत उपाध्यक्षमा राजु अधिकारी र एशोसिएसट उपाध्यक्षमा उज्वल चौलागाईं हुनुहुन्छ । यसैगरी न्यौपानेको टिममा वाणिज्य तर्फको सदस्यहरुमा सुर्दशन खरेल, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाईं, दिवस पराजुली, नेत्रप्रसाद खतिवडा, हरिनारायण ठाकुर, माधव ज्ञवाली, राजु राउत, मनु दाहाल, नेत्रकुमारी भट्ट, उद्योग सदस्यहरुमा नरेन्द्र भण्डारी, दीपक शिवाकोटी, हरिप्रसाद ढकाल, मेनका श्रेष्ठ, ज्ञानेन्द्र बर्तौला, बस्तुगत सदस्यहरुमा तेजराज अधिकारी, अजिव भट्टराई, एशोसिएट सदस्यहरुमा नवराज खतिवडा, अशोककुमार राउत, राजु थापा, रामशरण दुलालको उम्मेदवारी रहने पक्काभएको छ ।
आफ्नो टिम मकवानपुरका उद्योगी व्यवसायीमाझ चिरपरिचित रहेको र हकहितका लागि सदैव लाग्दै आएको अध्यक्षका प्रत्यासी न्यौपानेको दाबी छ ।
उहाँले आफु यसअघि पनि सदैव व्यवसायीका लागि लाग्दै आएकोले चुनावमा जित सुनिश्चित रहेको बताउनु भयो ।
शनिबार नै अध्यक्षका अर्का प्रत्यासी राउतले दीपावली, छर्ठको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममको आयोजना गर्दै आफ्नो उम्मेदवारी कायम रहेको बताउनु भएको छ । उहाँले कांग्रेस हेटौंडा उपमहानगर समितिको सभापतिमा उम्मेदवारी रहेपछि संघको अध्यक्षबाट पछि हटेको हल्लानिराधार रहेको र आफु चुनावी मैदान छाडेर नभागेको उहाँको दाबी छ ।
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments