Byroad News

Loading...

मउवा संघ निर्वाचन: एशोसिएट उपाध्यक्षमा चौलागाईं निर्वाचित


मउवा संघ निर्वाचन: एशोसिएट उपाध्यक्षमा चौलागाईं निर्वाचित

हेटौंडा/९ कात्तिक
मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा एशोसियट तर्फको उपाध्यक्षमा उज्ज्वल चौलागाई विजयी हुनु भएको छ । 

उहाँले ६३ मत प्राप्त गर्दा अर्का उम्मेदवार विष्णु खनालले ५० मत प्राप्त गर्नु भएको थियो । निर्वाचनमा ११७ मत मध्ये ११६ मत खसेको थियो ।

त्यस्तै एशोसियट तर्फको सदस्यहरुमा गणेश प्रसाद भेटवाल ७७, दीपक उप्रेती ७३, अंकिता सुमार्गीको ७१ र राजाराम कार्की ६५ मत सहित विजयी हुनु भएको छ ।

नवराज खतिवडा ५४, राजु थापा २८, रामशरण दुलाल ३१, अशोक कुमार राउत ३७ मत प्राप्त भई पराजित हुनु भएको छ ।  

निर्वाचित उपाध्यक्ष चौलागाईं पनि राजकुमार न्यौपाने प्यानलका हुनुहुन्छ । यस अघि बस्तुगत उपाध्यक्षमा न्यौपाने प्यानल कै राजु अधिकारीले (१८ मत) उहाँका निकटतम प्रतिद्वन्द्वी काव्यमणी अधिकारीलाई (११ मत) पराजित गरिसक्नु भएको छ ।

उज्ज्वल चौलागाई
राजु अधिकारी

Comments

KATHMANDU WEATHER