हेटौंडा/१० कात्तिक
मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिं रानाभाट विजयी हुनु भएको छ ।
उहाँ ३७० मत प्राप्त गरी विजयी हुनु भएको हो । अर्का उम्मेदवार प्रतिमा श्रेष्ठ ३१९ मत सहित पराजित हुनु भएको छ ।
उद्योगमा ८९० मतदाता मध्ये ७५३ मत खसेको थियो । यसैगरी सदस्यहरुमा रुपकराज दाहाल (४६७), श्रीकृष्ण कर्माचार्य (४२३), नरेन्द्र भण्डारी (३६२) र सन्तोषकुमार अर्याल (३५२) विजयी हुनु भएको छ ।
दिपक शिवाकोटी (३३९ ), भुपेन्द्र प्रसाद अधिकारी (३३२ ), हरिप्रसाद ढकाल (२२३) र ज्ञानेन्द्र बर्तौला (२६९ )ले मत प्राप्त गरि पराजित हुनु भएको छ ।
यसैगरी उद्योग सदस्य महिला आरक्षण तर्फ सितादेवी भेटुवाल (३७९) मत प्राप्त गरी विजयी हुनु भएको छ । अर्का उम्मेदवार मेनका श्रेष्ठले ३२८ मतसहित पराजित हुनु भयो ।
यसअघि गए राती आएको मत परिणाम अनुसार एशोसियट तर्फको उपाध्यक्षमा उज्ज्वल चौलागाई र बस्तुगत उपाध्यक्षमा राजु अधिकारी विजयी हुनु भएको छ ।
त्यस्तै एशोसियट तर्फको सदस्यहरुमा गणेश प्रसाद भेटवाल, दीपक उप्रेती, अंकिता सुमार्गीको र राजाराम कार्की विजयी हुनु भएको छ ।
बस्तुगत तर्फको सदस्यमा तेजराज अधिकारी र प्रदीप अर्याल विजयी हुनु भएको छ ।
प्रमोद सिं रानाभाट
उज्ज्वल चौलागाई
राजु अधिकारी
-
2 months agoरुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
-
-
3 months ago"महिला उमेदवार सिफारिसको अधिकार अनेमसंघलाई"

Comments