# Recent News
थाहानगर/१६ कात्तिक
कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानलाई निलम्बन गर्न विशेष अदालत काठमाडौँले पत्र पठाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज १५ गते भ्रष्टाचार अभियोगमा अध्यक्ष मोक्तानसहित कर्मचारीहरु बिरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।
असोज १७ गते नै अध्यक्ष मोक्तानलाई निलम्बन गर्न बिशेष अदालत काठमाडौँले पत्र पठाए पनि सो पत्र गाउँपालिकाको कार्यालयमा कार्तिक ९ गते मात्रै दर्ता भएको हो ।
त्यसयता अध्यक्ष मोक्तान गाउँपालिकाको कार्यालय जानु भएको छैन । हाल उपाध्यक्ष सुकुमाया थिङले कार्यावाहक अध्यक्षको जिम्मेवारी सम्हालि रहनुभएको छ । एमालेबाट निर्वाचित अध्यक्ष मोक्तान एमाले विभाजनपछि हाल नेकपा समाजवादीमा प्रबेश गर्नु भएको थियो ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments