काठमाडौं/१७ कात्तिक
आन्तरिक उडानतर्फ हवाई भाडा वृद्धि भएको छ ।
हवाई इन्धनमा खर्च (फ्यूल सजचार्ज) बढ्दा हवाई भाडा पनि बढेको हो । वायुसेवा सञ्चालक संघले बुधबार एक सूचना जारी गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ ।
आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपियाँदेखि अधिकतम ४४० रुपियाँसम्म भाडा बढेको संघले जनाएको छ । काठमाडौं–धनगढी हवाई भाडा सबैभन्दा बढी ४४० रुपियाँ बढेको छ । यो रुटमा यसअघि फ्युल सजचार्ज ३८ सय रुपियाँ रहेकोमा पछिल्लो पटक चार हजार २४० रुपियाँ पुगेको छ ।
अन्यत्र भन्दा डोटी–साफेबगर उडानमा कम अर्थात ४५ रुपियाँ भाडा बढेको छ । यसअघि यो रुटमा ३५५ रुपियाँ इन्धन खर्च रहेकोमा अहिले ४०० रुपियाँ पुगेको हो ।
पछिल्लो समय आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याससँगै हवाई इन्धनको समेत मूल्य वृद्धि गरेसँगै हवाई भाडा समेत बढाउनु परेको संघले बताएको छ ।
नयाँ भाडा दरलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले गत मंगलबार स्वीकृत गरेसँगै संघले आज सार्वजनिक गरेको हो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments