Byroad News

Loading...

इन्धनको मूल्य फेरि बढ्यो, ग्यास अब सिलिन्डरको १५७५ रुपियाँ


इन्धनको मूल्य फेरि बढ्यो, ग्यास अब सिलिन्डरको १५७५ रुपियाँ

काठमाडौं/२४ कात्तिक
सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । खाना पकाउने ग्यासको पनि मूल्य बढेको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपियाँले वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपियाँले बढाएर १५ सय ७५ रुपियाँ कायम गरिएको छ ।

अब पेट्रोल लिटरको १३६ रुपियाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपियाँ भएको छ । आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपियाँ बढाएर १०१ रुपियाँ पुर्‍याइएको  निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपियाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपियाँले वृद्धि गरेको थियो ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर १७.५८, डिजेलमा १३.१४ रुपियाँ घाटा रहेको निगमले बताएको छ । ग्यासमा प्रति सिलिन्डर ६५७.८४ रुपियाँ घाटा  छ । १५ दिनमा निगमलाई २ अर्ब ६२ करोड घाटा हुने निगमको प्रक्षेपण छ ।

Comments

KATHMANDU WEATHER