Byroad News

Loading...

'सुरुङमार्ग र बिद्युतीय सवारी खरिद प्रकृया रोक्ने प्रदेश सरकारको निर्णय राष्ट्रघाती': पौडेल


'सुरुङमार्ग र बिद्युतीय सवारी खरिद प्रकृया रोक्ने प्रदेश सरकारको निर्णय राष्ट्रघाती': पौडेल

हेटौंडा/२९ कात्तिक
वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय सवारी खरिदप्रक्रिया र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने प्रदेश सरकारको निर्णय राष्ट्रघाती भएको बताउनु भएको छ ।

पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन सरकारको उक्त निर्णय देशलाई गरिब नै बनाइ राख्ने सोच र व्यवहारबाट निर्देशित भएको आरोप समेत लगाउनु भएको छ ।

सयौं किलोमिटरको दुरीलाई घटाएर इन्धन तथा मोटरपार्ट्समा खर्च हुने अरबौं रुपैयाँ बचाउने, घण्टौंको यात्रा अवधि तथा दुर्घटनालाई समेत न्युनीकरण गरी देशको अर्थतन्त्रलाई मजबुत बनाउने प्रदेश सरकार स्थापनादेखिको सबैभन्दा महत्वको योजना भीमफेदी - कुलेखानी सुरुङमार्ग निर्माण तथा विद्युतीय उर्जामार्फत संचालन हुने सवारी खरिद प्रक्रियामा नवगठित सरकारले रोक लगाउनु नागरिकको विकासको मागमाथि प्रहार भएको बताउनु भएको छ ।

उहाँले प्रदेश सरकारको यो निर्णय राजनीतिक बेइमानी मात्र नभइ राष्ट्रप्रतिको गद्धारी भएको समेत उल्लेख गर्नु भएको छ । उहाँले आयोजना रोक्ने निर्णय फिर्ता लिन माग समेत गर्नु भएको छ ।

Comments

KATHMANDU WEATHER