काठमाडौँ/१ मङ्सिर
राजधानीमै नेपाली नक्कली नोटको छपाइ र कारोबार हुने गरेको पाइएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले बुधबार नक्कली नोट बनाउने मेसिन र नोटसहित ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती–८ घर भई काठमाडौं गोकर्णेश्वर–६ नारायणटार बस्ने ५६ वर्षीया गोमा श्रेष्ठ, ४१ वर्षीया पुष्पा थापा मगर, रामेछाप सिरुवारी–२ घर भई बूढानीलकण्ठ–११ कपन बस्ने २६ वर्षीय समरोज थापा मगर, सिन्धुपाल्चोकको हेलम्बु–२ घर भई बूढानीलकण्ठ–१० मिलनचोक बस्ने १९ वर्षीय चिरञ्जीवी जोती र २३ वर्षीय सुजन जोती छन् ।
गोकर्णेश्वर–७ दक्षिणढोका क्षेत्रमा केही व्यक्तिले नक्कली नोटबाट सामान किन्न लागेको सूचनाका आधारमा वृत्तका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठको टोलीले अनुसन्धान गर्दा गोमा श्रेष्ठलाई शंकास्पद अवस्थामा फेला पारेको थियो ।
काठमाडौंका प्रहरी प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार श्रेष्ठको साथबाट १०० रुपैयाँको नक्कली नोट फेला पर्यो । अनुसन्धान गर्दै जाँदा श्रेष्ठले नक्कली नोट पुष्पा थापा मगरबाट लिएको भन्ने खुल्न आएको र उनको बूढानीलकण्ठ–११, कपनस्थित कोठामा ५०० रुपैयाँ र १००० रुपैयाँको नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।
अनुसन्धानकै क्रममा पुष्पाका छोरा समरोज थापा मगरले कोठामा नक्कली नोटहरु छाप्ने गरेको खुलेको छ । उक्त कोठामा तयारी गरी राखेको अवस्थाको १०० रुपैयाँ दरको नक्कली नोटहरु र नोट बनाउन प्रयोग हुने १०० रुपैयाँ दरको रंगीन प्रिन्ट कागजहरु फेला परेको प्रहरीले जानकारी दिएको छ । त्यसमा चिरञ्जीवी जोती र सुजन जोतीको समेत संलग्नता देखिएको छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments