हेटौंडा/६ मङ्सिर
जिल्ला समन्वय समिति मकवानपुरले “अन्तरपालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिता” आयोजना भएको छ ।
आइतबार बसेको ८४ औं बोर्ड बैठकले जिसस मकवानपुरको आयोजना एवम् जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनामा आगामी मङ्सिर १८ देखि २५ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बोर्ड बैठकले मकवानपुरका १० वटै स्थानीय तहहरुको सहभागिता हुने गरि प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
जिससले गत वर्ष प्रतियोगिता आयोजना गर्ने तयारी गरेकोमा अन्तिम अवस्थामा आएर कोभिडका कारण स्थगित भएको थियो । स्थानीय स्तरमा फुटवलको विकास गर्ने, नयाँँ खेलाडी उत्पादन गर्ने तथा राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्न समेत मद्धत पुग्ने उद्देश्यका साथ जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको प्रमुख खुलालले बताउनु भयो ।
करिब ७ लाख ५८ हजार लागत अनुमान गरिएको प्रतियोगितामा बिजेताले नगद २ लाख र उपविजेताले १ लाखसहित शील्ड, मेडल तथा प्रमाणपत्र तथा विभिन्न विधागत रुपमा समेत पुरस्कारको व्यवस्था गरिएको छ । आगामी १५ गतेसम्म जिल्ला खेलकुद विकास समितिमा स्थानीय तहको सिफारिस सहितको टिम दर्ता गराईसक्नु पर्ने नकआउट फुटबल प्रतियोगितामा आफ्ना खेलाडीहरूको सम्पुर्ण व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नुपर्ने छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments