# Recent News
थाहानगर/१३ मङ्सिर
कृषि विकास शाखा थाहा नगरपालिकाले आ.व. ०७८/०७९ को स्वीकृत बजेट अनुसार विभिन्न जातका फलफूलका विरुवा अनुदानमा वितरण गर्ने भएको छ ।
शाखा प्रमुख संजय तिवारीले एक सूचना जारी गर्नु हुँदै किवि, जापानीज हजुवाबेद, दाँते ओखरका विरुवा वितरण गरिन लागेको जानकारी गराउनु भएको हो । किविको खरिद मूल्य प्रति वोट सय रुपैयाँ, जापानीज हलुवाबेद प्रति बोट ६० रुपैयाँ र दाँते ओखर प्रति वोट ४० रुपैयाँ परेकोमा ५० प्रतिशत अनुदानमा उपलब्ध गराइने उल्लेख छ ।
जारी सूचना अनुसार कृषक समूह, कृषि सहकारी, कृषि फर्म दर्ता तथा कृषि कम्पनी प्रमाणपत्रको प्रतिलिपि, कृषक समूहको हकमा निर्णय प्रतिलिपि, पान दर्ता प्रमाणपत्रको प्रतिलिपि, गत आ.व.को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि सहित निवेदन दिन भनिएको छ । 
Featured News
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments