# Recent News
काठमाडौं/१४ मङ्सिर
नेपाली बजारमा सुनको भाउ घढ्दोक्रममा रहेको छ । गत सोमबार एक सय रुपैयाँले घट्दै प्रतितोला ९२ हजार रुपैयाँमा झरेको सुनको मूल्य मंगलबार थप पुन: एक सय रुपैयाँले घट्न पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज एक सय रुपैयाँले नै घट्दै ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाई छ ।
तर, यता चाँदीको मूल्य भने गत सोमबारको तुलनामा मंगलबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Featured News
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments