Byroad News

Loading...

प्राधिकरणले पुस ५ गतेसम्म महसुल नलिने


प्राधिकरणले पुस ५ गतेसम्म महसुल नलिने

थाहानगर/१ पुस
नेपाल विद्युत प्राधिकरणले देशैभरका सबै आय संकलन काउन्टरहरू आजदेखि पुस पाँच गतेसम्मका लागि बन्द भएका छन् ।

बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले सबै आय संकलन काउन्टरहरू बन्द गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मंसिर महिनाको खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत महसुल निर्धारण भएको र परिवर्तित महसुल दर नेपाल विद्युत प्राधिकरणको एम-पावर विलिङ सिस्टममा पुस महिनादेखि एकसाथ लागू हुने गरी अद्यावधिक गर्नुपर्ने भएकाले आय संकलन काउन्टरहरु बन्द गर्नु परेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

प्राधिकरण वितरण केन्द्र पालुङका अनुसार बिलिङ तथा आय काउन्टर बन्द रहने भएपनि यो बीचमा ग्राहकले पाउनु पर्ने छुट सुबिधा काउन्टर खुलेपछि पाइने छ ।

Comments

KATHMANDU WEATHER