Byroad News

Loading...

सिम्भञ्ज्याङमा फेरि हिउँ, दामनमा छैन


सिम्भञ्ज्याङमा फेरि हिउँ, दामनमा छैन

थाहानगर/७ माघ
मकवानपुरको सिमभञ्ज्याङ क्षेत्रमा गए राती हिमपात हुँदा वरिपरिका डाडाहरु सेताम्य भएका छन् ।

गोलमोडदेखि पानोरोमा रिसोर्ट माथिको नाङ्गेचुली डाडासम्म हिमपात भएको स्थानीय सुशान्त सिन्तानले जानकारी दिनुभयो । 

करिव ३ इन्च बाक्लो हिउँ जमेको छ । विहानको तुसारो पनि थपिदा यतिबेलासम्म कुनै पनि सवारी साधन सिमभञ्ज्याङ कट्न सकेको छैन । पानोरोमा रिसोर्टको मुल गेट अगाडि सजिलै सवारी चल्न सक्ने अवस्था छैन । 

स्थानीयहरुका अनुसार दिउँसोसम्ममा यातायात सञ्चालन हुन सक्ने अनुमान छ ।

यता, दामनमा भने हिजो साँझ हिउँ फुस्फुसाएको भएपनि भुइँमा जम्ने गरि पर्न सकेन । दामनबाट सिम्भञ्ज्याङका डाडाहरु सेताम्य देखिएका छन् तर दामनका डाडाहरु भने खुल्ला रहेको गौरी शंकर होटल सञ्चालक सुजन खेत्रीले जानकारी दिनुभयो । 

यसअघि पुस १४ गते बाक्लो हिमपात भएको थियो । सिमभञ्ज्याङमा यो वर्ष दोस्रो पटक हिमपात भएको हो ।

तस्वीरहरु: सुशान्त सिन्तान

Comments

KATHMANDU WEATHER