हेटौंडा/१७ माघ
स्थानीय तहको निर्वाचन माग गर्दै मकवानपुरको क्याम्पसहरुमा ‘कालो ब्यानर’ टाँगिएको छ ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले स्थानीय तहको निर्वाचनको माग गर्दै कालो ‘कालो ब्यानर’ टाँगेको हो ।
अनेरास्ववियुले मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान तथा निर्मल बहुमुखी क्याम्पसको गेटमा ‘कालो ब्यानर’ टाँगेको हो ।
ब्यानरमा ‘स्थानीय तहको निर्वाचन तुरुन्त गर, संविधान र लोकतन्त्रको रक्षा गर ।’ लेखिएको छ ।
यसअघि आजै अनेरास्ववियु मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै आगामी बैशाखमै स्थानीय तहको निर्वाचन गर्न माग गरेको हो ।
नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन सार्ने तयारी गरिरहेको अवस्थामा देशभर विरोध प्रदर्शनको कार्यक्रमहरु भईरहेको छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments