- थाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
- एमालेले बनायो थाहामा वडास्तरीय निर्वाचन परिचालन कमिटी
- महेश बर्तौलामा सुभाष नेम्बाङको झल्को देखे गोकुल बास्कोटाले : निर्वाचन लक्षित ९१७ सदस्यीय परिचालन कमिटी गठन
- रुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
- थाहामा मोक्ष धामका लागि बागमती सरकारले एक करोड हाल्ने
हेटौंडा/१९ माघ
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन गरेको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका थिए ।
उनीहरुले विरोध प्रदर्शनमा ‘नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं’ ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर’,‘अर्थ मन्त्री राजीनामा दे’ भन्दै नाराबाजी गरेका थिए ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएका छन् ।
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको छ । यो सँगै पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेको छभने डिजेल र मट्टितेल १२५ रुपैयाँ पुगेको छ ।
-
2 weeks agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-
-

Comments