# Recent News
काठमाडौं/२३ माघ
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउन सरकारलाई सिफारिस गरेको छ ।
सीसीएमसीसीको आइतबारको बैठकले विद्यालय खोल्ने निर्णय गर्दै कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो । कोभिड तेस्रो लहरका कारण पौष २७ गतेदेखि विद्यालय बन्द छन् ।
पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो । त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो । तर, काठमाडौंको गोकर्णेश्वरलगायत देशभरका स्थानीय तहले सरकारको निर्णय अवज्ञा गर्दै विद्यालय खोल्ने निर्णय गरेका थिए ।
सरोकारवालाहरुले पनि विद्यालय खोल्न सरकारलाई आग्रह गर्दै आएका छन् ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments