Byroad News

Loading...

मकवानपुरका विद्यालयहरु फागुन १ देखि खुल्ने


मकवानपुरका विद्यालयहरु फागुन १ देखि खुल्ने

हेटौंडा/२४ माघ
मकवानपुरका विद्यालय र शैक्षिक संस्था फागुन १ गतेबाट खुल्ने भएको छ ।

कोरोना संक्रमणको जोखिमको कारण बन्द रहेको विद्यालयहरु आउँदो फागुन १ बाट खुलाउन जिल्ला प्रशासन कार्यलय मकवानपुरले अनुमति दिएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले जारी गरेको आदेशमा फागुन १ गतेबाट विद्यालय संचालन गर्न सकिने जनाईएको छ ।

जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेबाट विद्यालय संचालन गर्न सकिने बताईएको छ ।

Comments

KATHMANDU WEATHER