Byroad News

Loading...

भोलिदेखि भौतिक उपस्थितिमा पठनपाठन हुने


भोलिदेखि भौतिक उपस्थितिमा पठनपाठन हुने

थाहानगर/२९ माघ
मकवानपुरका विद्यालय र शैक्षिक संस्थाहरुमा भोलिदेखि भौतिक उपस्थितिमा पठनपाठन हुने भएको छ ।

कोरोना संक्रमणको जोखिमको कारण बन्द रहेको विद्यालयहरु जिल्ला प्रशासन कार्यालय मकवानपुरले खोल्न अनुमति दिएपछि भोलि फागुन १ गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन गर्न लागेको हो ।

गत सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले जारी गरेको आदेशमा फागुन १ गतेबाट विद्यालय संचालन गर्न सकिने जनाईएको थियो ।

जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेबाट विद्यालय संचालन गर्न सकिने बताईएको छ । खोप नलगाएका विद्यार्थीहरुलाई भने आलोपालो पठनपाठन गराउन भनिएको छ ।

Comments

KATHMANDU WEATHER