Byroad News

Loading...

बैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने तयारी


बैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने तयारी

काठमाडौं/२ फागुन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्र बैशाख महिनामै सुरु गर्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले चैतभरि पढाइ हुने र बैशाखमा परीक्षा र नयाँ भर्ना सँगै खोल्ने बताएका छन् । एक कक्षामा नयाँ भर्ना लिन परीक्षाले फरक नपार्ने मन्त्रालयका प्रवक्ता शर्माले बताए । ‘बैशाखमा परीक्षा र नयाँ भर्ना सँगै हुन्छ । नतिजा प्रकाशन, पुस्तक वितरण र तत्काल पठनपाठन सुरु गर्ने हिसाबले स्कुलहरुले मिलाउनुपर्छ ।’

सामान्यतयाः बैशाखदेखि सुरु भएर चैतमा सकिने शैक्षिक सत्र कोरोना माहामारीका कारण दुई महिना पछि धकेलिएको थियो । २०७७ सालमा मन्त्रिपरिषद्ले शिक्षा नियमावली संशोधन गरेर शैक्षिक सत्र परिवर्तनको अधिकार दिएपछि शिक्षा मन्त्रालयले असार १ बाट शैक्षिक सत्र सुरु हुने निर्णय गरेको थियो ।

एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घण्टा पढाउनुपर्ने नियम छ । सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करीब २०० दिन विद्यालय सञ्चालन हुनुपर्छ । त्यसमा खेलकुद र अतिरिक्त क्रियाकलाप पनि समावेश हुन्छ ।

Comments

KATHMANDU WEATHER