# Recent News
काठमाडौं/४ फागुन
सरकारले नयाँ शैक्षिक सत्रको विद्यालय पठनपाठन आगामी जेठ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । शैक्षिक सत्र भने बैशाखदेखि नै सुरु हुने भएको छ ।
शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।
शिक्षामन्त्रीका प्रेस संयोजक विमल खड्काका अनुसार बैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने र जेठ १ गतेदेखि पढाइ सुरु गर्ने निर्णय भएको छ ।
कतिपय जिल्लामा कोरोनाभाइरस महामारीको जोखिम कायमै रहेको र सरकारले बैशाख ३० गते स्थानीय चुनाव घोषणा गरिसकेको अवस्थालाई मध्यनजर गर्दै जेठदेखि पढाइ सुरु गर्ने निर्णय मन्त्रालयले गरेको हो ।
कोरोनाको तेस्रो लहरले बन्द रहेका शैक्षिक संस्थामा फागुन १ गतेदेखि भौतिकरुपमा पठनपाठन सुरु भएको छ ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments