हेटौंडा/१० फागुन
हेटौंडा–११, नवलपुरमा रहेको त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरुले पठनपाठन नभएकोभन्दै राजमार्ग अवरुद्ध गरेका छन् ।
उनीहरुले शिक्षकहरुले पठनपाठन नगराएको आक्रोसमा राजमार्ग अवरुद्ध गरेका हुन् । शिक्षकहरुले विगत दश दिनदेखि तलब नपाएकोभन्दै पठनपाठन गरेका छैनन् । स्थानीयका अनुसार विद्यार्थी नेता झलक छत्कुलीको नेतृत्वमा विद्यार्थीले राजमार्गमा नाराबाजी गरेर अबरद्ध गरिरहेका छन् । उनीहरुले १२ बजेदेखि राजमार्ग अवरुद्ध गरेका हुन् ।
विद्यार्थीले नियमित पठनपाठन हुनुपर्ने माग गर्दै शिक्षकहरुले विद्यालयमा राजनीति गरेको आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार घटनास्थलमा प्रहरी परिचालन भएको छ । ‘विद्यालयमै राजनीति भएको देखिन्छ । शिक्षकहरु नै दुई समूहमा विभाजित भएका रहेछन् । प्रनाउ रिमालले भने ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments