Byroad News

Loading...

घुस लिएको आरोपमा मेयर पक्राउ


घुस लिएको आरोपमा मेयर पक्राउ

रौतहट/१८ फागुन
रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

उनलाई २ लाख ५० हजार रुपैयाँको चेकसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो ।

नगरपालिकाकै वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए । थप विवरण आउन बाकी छ ।

मेयर पटेल, उनका स्वकीय सचिवलगायत चार जना पक्राउ परे पनि उनीहरूको बारेमा थप विवरण आउन बाँकी रहेको शाहीले जानकारी दिए ।                                              -प्रशासन डटकमबाट 

Comments