थाहानगर/१ चैत्र
नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तमाङले देशको परिवर्तन र समृद्धिका लागि एमाले बाहेकको बिकल्प नरहेको बताएका छन् ।
नेकपा एमाले थाहा नगर कमिटीले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पूर्व मन्त्री समेत रहेका तमाङले गाउँदेखि केन्द्रसम्मको सरकार एमालेको रहेमात्रै समृद्धि हुने भन्दै कार्यकर्ताहरुलाई एमालेलाई पहिलो पार्टी बनाउने अभियानमा जुट्न आग्रह गरे ।
एमाले बागमती प्रदेश कमिटी उपसचिव महेश बर्तौला, प्रदेश कमिटी सदस्य तथा संविधान सभा सदस्य सुवास चन्द्र ठकुरी, प्रदेश कमिटी सदस्य बरिना बल, मकवानपुर जिल्ला कमिटी अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्य बिष्णु प्रसाद ढकालले स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई जिताउन एमालेको एजेन्डा लिएर जनताको घरघरमा जान आग्रह गरे ।
एमाले थाहा नगर कमिटी अध्यक्ष अच्युत्तम प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष हेम थिङले स्वागत मन्तव्य व्यक्त गरे ।
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments