हेटौंडा/२ चैत्र
उच्च अदालत पाटन हेटाैंडा ईजलाशले बागमती प्रदेश सरकारलाई प्रदेश युवा परिषदकाे उपाध्यक्ष नियुक्ति प्रकृया अघि नबढाउन अल्पकालिन आदेश जारी गरेकाे छ ।
निवेदक सन्ताेष चाैलागाईकाे पुरक निवेदन माथि सुनुवाई गर्दै न्यायधिस नागेन्द्रलाल कर्ण र मेरिना श्रेष्ठको ईजलाशले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय समेतलाई आदेश जारी गरेकाे हाे ।
बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयले नागरिक राष्ट्रिय दैनिकमा फागुन २९ गते सुचना जारी गर्दै उपाध्यक्ष नियुक्ति प्रकृया अघि बढाएकाे थियाे । यसअघि उच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सरकार नयाँ उपाध्यक्ष नियुक्ति प्रकृयामा अघि बढेकाे थियाे ।
अदालतकाे आदेशले तत्काल उपाध्यक्ष नियुक्ती प्रकृया राेकिएकाे छ । निबेदकका तर्फबाट अधिबक्ता ध्रुब प्रसाद चाैलागाईं, मदन दाहाल, मुकुन्द अधिकारीले बहस गरेका थिए । अदालतले सुचनाकाे कागजात सहित फागुन ७ गते दुवै पक्षलाई झिकाएकाे छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments