Byroad News

Loading...

दामन-डाडाबास सडक खण्डमा योद्वा पिकअप दूर्घटना, १७ जना घाइते


दामन-डाडाबास सडक खण्डमा योद्वा पिकअप दूर्घटना, १७ जना घाइते

थाहानगर/३ चैत्र
बिहीबार बेलुकी दामन-डाडाबास सडक खण्डको दम्कीमाथि योद्धा पिकअप गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् ।

बिहीबार बेलुकी डाडाबासमा होली मनाएर दम्की फर्किरहेको प्रदेश २-०३-०००१ च ३३५३ नम्बरको गाडी बेलुकी अन्दाजी ८ बजेतिर कालीखोलाको जङ्घार भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते भएका १७ जनालाई राती काठमाडौं लगिएको छ । हाल उनीहरुको सहिद मेमोरियल अस्पताल कलङ्कीमा उपचार भैरहेको छ । १७ जनामध्ये ४ जना अलि गम्भीर रहेको पारिवारिक स्रोतले जनाएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ । धेरै जनाको हात खुट्टामा चोट लागेको छ । गाडी भित्तामा ठोकिएर दुर्घटना भएको बताइएको छ । घाइतेहरुलाई तीन वटा एम्बुलेन्सबाट काठमाडौं लगिएको हो । गाडीमा २१ जना सवार थिए ।

Comments

KATHMANDU WEATHER