Byroad News

Loading...

गठबन्धनका कार्यकर्ताहरुद्वारा हेटौंडा ८ को वडाध्यक्ष कक्ष तोडफोड, अध्यक्ष भन्छन् "हतास मनस्थितिको उपज हो"


गठबन्धनका कार्यकर्ताहरुद्वारा हेटौंडा ८ को वडाध्यक्ष कक्ष तोडफोड, अध्यक्ष भन्छन् "हतास मनस्थितिको उपज हो"

हेटौंडा/४ चैत्र
मकवानपुरको हेटौंडा-८ को वडा कार्यलयमा सरकारको गठबन्धनमा आबद्ध दलहरुको कार्यकर्ताले वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यकक्षामा तोडफोड गर्नुको साथै तालाबन्दी गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेस, नेकपा माओवादी, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीमा आबद्ध कार्यकर्ताहरुले वडा कार्यलयमा तोडफोड गरेका हुन् ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार उनीहरुले वडा अध्यक्षको कुर्सी कार्यालय बाहिर सडकमा ल्याएर विरोध प्रदर्शन गरेका हुन् । स्थानीय निर्वाचन नजिकिदै गर्दा एमालेबाट निर्वाचित वडा अध्यक्ष श्रेष्ठले गरेको कामलाई दाग लगाउने उदेश्यले विपक्ष दलका नेता कार्यकर्ताहरुले प्रदर्शन गरेको हुनसक्ने प्रत्यक्षदर्शीको भनाई छ । प्रदर्शनकारीहरुले पेट्रोल समेत ल्याएर कार्यालयमा आगजनी गर्ने प्रयास समेत गरेको स्थानीय प्रत्यक्षदर्शीको भनाई छ ।

घटनापछि वडाध्यक्ष गोपालबहादुर श्रेष्ठले एमाले र एमालेका प्रतिनिधिलाई बदनाम गराउने उद्देश्यले गठबन्धनका कार्यकर्ताले वडा कार्यालयमा तोडफोड गरेको दाबी गरेका छन् ।

घटनाबारे प्रतिक्रिया दिँदै श्रेष्ठले भर्खरै टुक्रिएर गएको नेकपा एकीकृत समाजवादी र वडामा सँधै हार्ने नेपाली कांग्रेसका कार्यकर्ताले वडामा एमालेको जनमत बिगार्ने उद्देश्यले तोडफोड गरेको आरोप लगाए । ‘यो वडामा प्रतिपक्ष असाध्यै कमजोर छ । वडामा जहिले पनि हार्ने कांग्रेस र भर्खरै फुटेर गएको एकीकृत समाजवादीका नेता कार्यकर्ताले स्थानीय निर्वाचनमा जीत हात पार्न सकिन्छ भनेर यस्तो हर्कत गरे ।’ वडाध्यक्ष श्रेष्ठले भने, ‘उहाँहरुको हतास मनस्थितिको उपज हो ।’

जनताको काम गरेर जनमत बढाइरहेको अवस्थामा एमालेलाई कमजोर बनाउने उद्देश्यले गठबन्धनका कार्यकर्ताहरुले गलत काम गरेको अध्यक्ष श्रेष्ठले बताए । एमालेको जनमत देखेर गठबन्धनका नेता कार्यकर्ता तर्सिएको उनको भनाई छ ।

सुकुम्वासी वस्तीमा गएर गठबन्धनका नेता कार्यकर्ताले एमाले विरुद्ध भ्रम छर्ने गरेको उनले आरोप लगाए । सुकुम्वासीको लागि काम गर्ने पार्टी एमाले मात्रै भएको दाबी गर्दै उनले घटनाको घोर भत्सर्ना गर्दै आफु अलिकति पनि कमजोर नभएको बताए ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा एमालेबाट श्रेष्ठले १ हजार ५ सय ९७ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका थिए । उक्त वडा अध्यक्षको निर्वाचनमा कांग्रेसबाट हरी प्रसाद वाग्लेले ७ सय ९० र तत्कालिन माओवादीबाट धर्मराज पुडासैनीले ५ सय ४० मत प्राप्त गरेका थिए ।   अध्यक्ष श्रेष्ठ 

Comments

KATHMANDU WEATHER