हेटौंडा/६ चैत्र
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा १ हजार ३ सय २२ जना म्यादी प्रहरी आवश्यक पर्ने भएको छ ।
निर्वाचनमा खटाउनको लागि १ हजार ३ सय २२ जना म्यादी प्रहरी भर्ना गर्न आजबाट आवेदन खुला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता राज कुमार सापकोटाले जानकारी दिए । उनले आजबाट एक हप्तासम्म म्यादी प्रहरीको लागि आवेदन दिन सकिने बताए ।
म्यादी प्रहरीमा भर्ना हुन राजनीतिक दलमा सदस्य नरहेको र १८ देखि ५४ वर्ष उमेर समूहका हुनु पर्नेछ ।
१० वटा स्थानीय तह रहेको मकवानपुरमा १ सय २ वडा रहेको छ । स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा ३ सय ५९ वटा मतदानस्थल रहने बागमती प्रदेश निर्वाचन कार्यलय हेटौंडाले जनाएको छ ।
कार्यालयले आउँदो चैत १४ गतेसम्म निर्वाचनमा भाग लिन पाउने मतदाताको अन्तिम नामावली सार्वजनिक हुने जनाएको छ । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा मकवानपुरको मतदाताको संख्या २ लाख २७ हजार ७ सय ५९ थियो ।
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments