हेटौंडा/७ चैत्र
मकवानपुरमा म्यादी प्रहरीको लागि आवेदन दिनेको भीड लागेको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आईतबारबाट म्यादी प्रहरीको लागि आवेदन खुला भएसंगै पछिल्लो २ दिनमा हेटौंडा स्थित जिल्ला प्रहरी कार्यलय मकवानपुरमा आवेदन दिनेको भीड लागेको हो ।
आइतबार र सोमबार गरेर ४ सय ६२ जनाले म्यादी प्रहरीको लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
उनले आइतबार १ सय ४३ जनाले आवेदन दिएकोमा ९२ जना पुरुष र ५१ जना महिला रहेको र आज ३ सय १९ जनाले आवेदन दिएकोमा २ सय १८ जना पुरुष र १ सय १ जना महिला रहेको बताए ।
आवेदन दिनेहरुमा अधिकांश पुरुष रहेको प्रवक्ता रिमालले बताए । उनले म्यादी प्रहरीमा महिला र पुरुषको कोटा नछुट्याएको भन्दै आवेदनको आधारमा भर्ना गरिने बताए । जिल्लाको १ उपमहानगरपालिका, १ नगरपालिका र ८ गाउँपालिकाको १ सय २ वटा वडाको लागि १ हजार ३ सय २२ जना म्यादी भर्ना गरिँदै छ ।
म्यादी प्रहरीको लागि चैत्र ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । म्यादी प्रहरीमा भर्ना हुन राजनीतिक दलमा सदस्य नरहेको र १८ देखि ५४ वर्ष उमेरभित्रको हुनु पर्नेछ ।
स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा ३ सय ५९ वटा मतदानस्थल रहने बागमती प्रदेश निर्वाचन कार्यलय हेटौंडाले जनाएको छ ।
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments