- थाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
- एमालेले बनायो थाहामा वडास्तरीय निर्वाचन परिचालन कमिटी
- महेश बर्तौलामा सुभाष नेम्बाङको झल्को देखे गोकुल बास्कोटाले : निर्वाचन लक्षित ९१७ सदस्यीय परिचालन कमिटी गठन
- रुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
- थाहामा मोक्ष धामका लागि बागमती सरकारले एक करोड हाल्ने
महोत्तरी/११ चैत्र
महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका संचालक दिलीप भनिने संजयकुमार महतोलाई दुई वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।
उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पूर्जी जारी गरेपछि २ वर्षदेखि फरार रहेका महतो पक्राउ परेका हुन् । कान्तिपुर डेण्टलका संचालक रहेका महतोले मिथिला नगरपालिका बस्ने रानी सिंह महतोको दात उपचारमा सग्लन हुँदा ज्यान लिएको आरोप छ ।
चिकित्सक ज्ञान तथा प्रमाणपत्रबिना नै रानी सिंहको दात उखेल्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले २०७६ मा नै महतोविरुद्ध जाहेरी दिएका थिए ।
चिकित्सा समबन्धी कुनै ज्ञानविना नै रानी सिंहको ८ चैत २०७६ मा ६ वटा दात उखलेका पीडितको आरोप छ । दात उखेलिसकेपछि अत्यधिक रक्तस्राव हुँद ा रानी सिंहलाई जनकपुर लगिएको थियो । प्रादेशिक अस्पताल जनकपुरमा अत्याधिक रक्तस्रावकै कारण सिंहको मृत्यु भएको चिकित्सकहरुले घोषणा गरेका थिए ।
अनुसन्धानका लागि समेत प्रहरीले बुझ्न खोज्दा आरोपित महतो उपस्थित हुन नसकेपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । फरार सूचीमा रहेका महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो ।
-
2 weeks agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-
-

Comments