हेटौंडा/१३ चैत्र
आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि मकवानपुरमा म्यादी प्रहरीका लागि ३ हजार ७ सय ३७ जनाले आवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालका अनुसार १ हजार ३ सय २२ जना म्यादी प्रहरीका लागि आह्वान गरिएको भर्ना आवेदनमा ३ हजार ७ सय ३७ जनाले आवेदन दिएका हुन् ।
उनका अनुसार आवेदन दिनेहरुमा २ हजार ५ सय ९६ जना पुरुष र १ हजार १ सय ४१ महिला रहेका छन् । गएको चैत ६ गते आईतबार देखि ११ गते शुक्रबार साँझ सम्म आवेदन दिने समय रहेकोमा ३ हजार ७ सय ३७ जनाले आवेदन दिएका हुन् ।
प्रवक्ता रिमालले आवेदन दिएकाहरुको यहि चैत १५ गतेबाट २२ गतेसम्म छनोट प्रक्रिया हुने र चैत २८ गतेबाट प्रशिक्षण सुरु हुने बताए ।
४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउनेछन् ।
म्यादी प्रहरीले दिनको ७५६ रुपैयाँका दरले तलब पाउँनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च गरेर ४४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments