Byroad News

Loading...

सार्वजनिक सवारी साधनको भाडा बढ्यो


सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडौं/१७ चैत्र
सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढ्दै जाँदा यातायात व्यवसायीले दवाव दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा हाल कायम भएको दरमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो । 

एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारीसाधनमा मात्रै भाडा बढेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । उनले भने, 'आइतबार रुटअनुसार बढेको भाडाको सूची सार्वजनिक गरिनेछ ।' स्थानीयस्तरमा चल्ने सवारीसाधनको भाडा भने नबढ्ने उनले बताए ।

Comments

KATHMANDU WEATHER