थाहानगर/२८ चैत्र
पालुङ्ग बहुमुखी क्याम्पसको पाँचौ परिषद सभा तथा १९औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
आज पालुङ जेसीज हलमा पालुङ क्याम्पस संचालक समितिको अध्यक्ष बिष्णु बिष्टको सभापतित्व तथा थाहा नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि बिष्टले क्याम्पसद्वारा प्रकाशित पालुवा स्मारिका विमोचन गरे ।
कार्यक्रमको अवसरमा आयोजित अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रमको अवसरमा वक्ताहरुले थाहा नगरको एकमात्र क्याम्पसको चौतर्फी विकासका लागि सबै एकजुट हुनु पर्नेमा जोड दिदै सबैले अपनत्व लिनु पर्ने औंल्याएका छन् ।
वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि विष्ट, नेकपा एमाले नगर कमिटी अध्यक्ष अच्युत्तम प्रसाद ढकाल, नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि राममाया खत्री, नेकपा माओबादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद लामा, क्याम्पस सञ्चालक समिति उपाध्यक्ष श्यामभक्त श्रेष्ठ, सदस्य सुरेन्द्रमान प्रधान, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुरुषोत्तम कार्कीले मन्तव्य व्यक्त गरे । समितिको तर्फबाट अध्यक्ष बिष्णु बिष्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेभने कोषाध्यक्षको तर्फबाट बिमल कुमार विष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments