Byroad News

Loading...

हेटौंडाको मेयर र उपमेयरका लागि एमालेबाट ३/३ जना सिफारिस


हेटौंडाको मेयर र उपमेयरका लागि एमालेबाट ३/३ जना सिफारिस

हेटौंडा/२९ चैत्र
नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि ३/३ जनाको नाम सिफारिस गरेको छ ।

हालका मेयर हरिबहादुर महत, पूर्व सांसद अनन्त प्रसाद पौडेल र गणेशकुमारी श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

मंगलबार भएको बैठकमा सर्वसम्मत मेयरको उम्मेदवार चयन गर्न नसकेपछि उपमहानगर कमिटीले तीनजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो । 

यस्तै उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्र प्रसाद नेपालको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

Comments

KATHMANDU WEATHER