Byroad News

Loading...

वडाध्यक्षका लागि कम्तिमा एक जना महिला उमेदवार छान्न माओबादीको निर्देशन


वडाध्यक्षका लागि कम्तिमा एक जना महिला उमेदवार छान्न माओबादीको निर्देशन

काठमाडौं/२९ चैत्र
नेकपा माओवादी केन्द्रले स्थानीय तहको आगामी निर्वाचनमा सत्ता गठबन्धनका दलबीच आपसी तालमेलका लागि मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

माओवादी केन्द्रले उम्मेदवार छनोटको विधि र प्रक्रियाबारे प्रदेश समितिलाई परिपत्र पठाएको हो । अध्यक्ष प्रचण्डले पार्टीका सबै प्रदेशका इन्चार्ज र अध्यक्षलाई ६ बुँदे परिपत्र पठाएका हुन्।

सर्कुलरमा उम्मेदवार छनोट गर्दा हरेक जिल्लामा कम्तीमा एक पालिका प्रमुख तथा हरेक पालिकामा कम्तीमा एक वडाध्यक्षको उम्मेदवार महिला बनाउन निर्देशन दिइएको छ।

महानगर, उपमहानगरका प्रमुख र उपप्रमुखका उम्मेदवार सर्वसम्मत भए एकएक जना, नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पठाउन प्रदेश समितिलाई निर्देशन दिइएको छ ।

उम्मेदवारको अन्तिम निर्णय भने केन्द्रीय कार्यालयले गर्ने उल्लेख छ। परिपत्रअनुसार वडाध्यक्ष र सदस्यको हकमा पार्टीको सम्बन्धित वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्ने र प्रदेश समितिले अनुमोदन गर्नुपर्नेछ।

सकेसम्म सत्ता गठबन्धनका दलबीच तालमेललाई प्राथमिकता दिने तर तालमेल हुन नसक्ने अवस्था आएमा र सत्ता साझेदार दलबीच नै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आए केन्द्रको स्वीकृति लिएर गर्न सर्कुलर गरिएको छ।

Comments

KATHMANDU WEATHER