थाहानगर/२ बैशाख
उत्तरी मकवानपुरको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पालुङ अन्तर्गतका क्षेत्रमा भोलि बैशाख ३ गतेदेखि दैनिक ८ घण्टा बिद्युत अवरुद्व हुने भएको छ ।
हाललाई बैशाख २० गतेसम्म प्रत्येक दिन विहान ५ बजेदेखि १० बजेसम्म र अपरान्ह ४:३० देखि ६:३० बजेसम्म अवरुद्ध हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रअन्तर्गत धोर्सिङ्ग सब–स्टेशनबाट वितरित धोर्सिङ्ग –कुलेखानी ड्याम साईड, ड्याम साइड देखि कोगटे खोला सिस्नेरीसम्म र ड्याम साइड देखि सवस्टेशन मार्खु सम्मको ११ के.भी. लाईनमा रहेको कण्डक्टर अपग्रेडिङ्ग कार्य गर्न सो अवधिमा बिद्युत अवरुद्ध गरिन लागेको पालुङ प्रमुख बिरमान रास्कोटीले बताए ।
सार्वजनिक बिदाका दिन (शनिबार) विहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म र अपरान्ह ३ बजेदेखि ६:३० बजेसम्म बिद्युत अवरुद्ध गरि सो कार्य गरिने प्राधिकरण पालुङले जनाएको छ । 
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments