Byroad News

Loading...

ठेकेदारले निर्णय मानेन, अप्ठेरो ठाउँमा काम भएको भन्दै बढी समय बत्ति काट्यो


ठेकेदारले निर्णय मानेन, अप्ठेरो ठाउँमा काम भएको भन्दै बढी समय बत्ति काट्यो

थाहानगर/४ वैशाख
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पालुङ अन्तर्गतका क्षेत्रमा आजदेखि दैनिक ८ घण्टा बिद्युत अवरुद्व हुने भनिएकोमा ठेकेदारले बहाना बनाएर निर्धारित समयको निर्णय अटेर गरेको छ । 

११ हजार केभीएको लाइनमा कण्डक्टर फेर्न विहान ५ बजेदेखि १० बजेसम्म विद्युत अवरुद्ध गर्ने निर्णय भएकोमा ठेकेदार कम्पनीले पहिलो दिनमा निर्धारित समयभन्दा डेढ घण्टा बढी समय विद्युत अवरुद्ध गर्यो । अप्ठेरो ठाउँमा काम भैरहेको भन्दै ठेकेदार कम्पनीले तोकिएभन्दा बढी समय विद्युत अवरुद्व गरेपछि उपभोक्ताहरुले गुनासो गरेका छन् । अक्सिजन कन्सलट्रेटर चलाउनु पर्ने विरामी, आँखा केन्द्र, पोलिक्लिनिक, बैंक तथा वित्तीय संस्थाहरु, विद्यालय लगायतका क्षेत्रहरुको काममा अवरोध भएको छ । 'पहिलो दिनमै धोका भयो, भोलिदेखि हामी सचेत हुनेछौं ।' प्राधिकरण पालुङले भन्यो, 'भोलिदेखि फिल्ड मै हाम्रा स्टाफ नै खटाउछौ ।'

धोर्सिङ्ग सब–स्टेशनबाट वितरित धोर्सिङ्ग –कुलेखानी ड्याम साईड, ड्याम साइडदेखि कोगटे खोला सिस्नेरीसम्म र ड्याम साइडदेखि सवस्टेशन मार्खुसम्मको ११ के.भी. लाईनमा रहेको कण्डक्टर अपग्रेडिङ्ग कार्य गरिदैछ ।

वैशाख २० गतेसम्म प्रत्येक दिन  विहान ५ बजेदेखि १० बजेसम्म र अपरान्ह ४:३० देखि ६:३० बजेसम्म विद्युत अवरुद्ध गरि सो कार्य गर्ने निर्णय भएको थियो ।

Comments

KATHMANDU WEATHER