थाहानगर/५ वैशाख
नेकपा माओबादी केन्द्रले आशन्न स्थानीय निर्वाचनका लागि थाहा नगरपालिकाका सबै वडाहरुसहित मेयरको उमेदवारहरुको सिफारिस गरेको छ ।
मेयरका लागि हालका मेयर लवशेर विष्ट बाहिरिएका छन् । माओबादी स्रोतका अनुसार विष्टले पुन: उठ्ने रहर नगरेपछि बाहिरिएका हुन् ।
सोमबार माओबादी नगर कमिटीको बैठकले अरुण रायमाझी, बिष्णु बिष्ट र राजेश केसीको नाम सिफारिस गरेको हो । रायमाझी र विष्टको सम्भावना बलियो छ । रायमाझी तत्कालीन जनमोर्चा नेपालबाट एकतापछि माओबादीमा समाहित भएका हुन् भने विष्ट माओबादी भूमिगत राजनीतिबाट नै सक्रिय भएका हुन् । अर्का उमेदवार केसी ३ नम्बर वडाका वर्तमान अध्यक्ष हुन् ।
उपप्रमुखमा भने आज कुनै छलफल भएन । सत्ता साझेदार दलहरुबीचको गठबन्धनको टुङ्गो नलाग्नाले उपप्रमुखमा कुनै छलफल नभएको बताइएको छ ।
यसैगरी, वडा नम्बर १, २, ९, ११ र १२ मा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । वडा नम्बर १ मा हेरमान गोपाली, २ मा बमबहादुर सिन्तान, ९ मा राजकुमार बलामी, ११ मा दिनेश बल र १२ मा हिरामान लामाको नाम सर्वसम्मत सिफारिस गरेको हो । १, ११ र १२ का उमेदवारहरु पुरानै अनुहार हुन् ।
यसैगरी वडा नम्बर ३ मा हिरेन्द्र रायमाझी, लक्ष्मण बिष्ट, राजिव स्याङ्दान, वडा नम्बर ४ मा जमिन दियाली र नारायण बहादुर लामा, ५ नम्बरमा मुकेश गोले र मान सिं दोङ, ६ नम्बरमा दामोदर सुवेदी र इन्द्रबहादुर श्रेष्ठ, ७ नम्बरमा दिपक लामा र बिनायक गोले, ८ नम्बरमा सुमन कार्की र टिकाराम रुम्बा, १० नम्बरमा मङ्गलाल गोपाली र सुशिला गोपालीको नास सिफारिस भएको छ । सुवेदी र रुम्बा पुरानै अनुहार हुन् भने अरु सबै नयाँ अनुहार हुन् ।
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments